न्याम्सको उपकुलपतिमा डिएन शाह, वीर र ट्रमामा पनि निर्देशक नियुक्त | Khabarhub Khabarhub

न्याम्सको उपकुलपतिमा डिएन शाह, वीर र ट्रमामा पनि निर्देशक नियुक्त


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डाक्टर डिएन शाह नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोजमा छनोट गरी पठाएको तीन जनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सको उपकुलपतिमा डाक्टर डिएन शाहलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

न्याम्सको उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये स्वास्थ्य मन्त्रालयले डा डिएन शाह, डा ढुण्डीराज पौडेल र डा अजित रायमाझीको नाम प्रधानमन्त्री कार्यलयमा पठाएको थियो ।

न्याम्सको पदाधिकारी छनोटका लागि स्वास्थ्य मन्त्रालयले पदाधिकारीको नाम पठाएको ६ महिनापछि प्रधानमन्त्री ओलीले न्याम्समा उपकुलपतिको नाम स्वीकृत गरेका हुन् ।

सरकारले न्याम्सको रेक्टरमा अहिलेका निमित्त उपकुलपति डा सुबोध अधिकारी, रजिष्ट्रारमा डा दिलिप शर्मा र डीनमा डा पियुस दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै न्याम्स अन्तर्गत रहेको वीर अस्पताको निर्देशकमा डा केदार सेञ्चुरी र ट्रमा सेन्टरमा डा प्रमोद यावदलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

न्याम्स तथा वीर अस्पताल र ट्रमा सेन्टरमा नियुक्त हुने सबै पदाधिकारीको प्रधानमन्त्री कार्यलयले नियुक्ती पत्र समेत तयार पारीसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासीयाले खबरहबलाई बताए ।

‘न्याम्सको उपकुलपति तथा अन्य पदाधिकारी तथा वीर र ट्रमा सेन्टरको निर्देशक नियुक्तिका लागि स्वास्थ्य मन्त्रालयले असोजमा नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा सिफरिस पत्र पठाइसकेको थियो,’ चौरासीयाले भने, ‘प्रधानमन्त्रीले आज (बिहीबार) सबै पदमा पदाधिकारी नियुक्त गर्ने पत्रमा हस्ताक्षर गर्नुभएको छ, सबैको नियुक्ति पत्र पनि तयार भइसकेको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ८ : २७ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल