ग्याँस पाइपलाइन विष्फोट, ४ जनाको मृत्यु | Khabarhub Khabarhub

ग्याँस पाइपलाइन विष्फोट, ४ जनाको मृत्यु


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– इरानमा ग्याँसको पाइपलाइनमा विष्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम इरानमा भएको घटनामा अरु ५ जना घाइते भएको इरानको इस्ना समाचार संस्थाले जनाएको छ ।

मारिनेमा एक बालक तथा एक महिलासमेत रहेको बताइएको छ । दक्षिणपश्चिम इरानको अहवान शहरबाट महाशहर शहरसम्म जोडिएको ग्यासको पाइपलाइनमा विष्फोट भएको हो ।

पाइपबाट ग्याँस चुहिएको स्थानमा विष्फोट भएको र विष्फोटनबाट आसपास रहेका सवारी साधनमा आगलागी भएको इस्नाले जनाएको छ ।
इरानमा धेरै नै पुराना पूर्वाधार तथा सुरक्षाको उचित प्रबन्धको कमीका कारण बेलाबेला यस्ता दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ३४ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव