आगलागीबाट डेढ करोडको क्षति | Khabarhub Khabarhub

आगलागीबाट डेढ करोडको क्षति


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरीमा लागेको आग‍लागीबाट डेढ करोडको क्षति प्रभएको प्रारम्भिक अनुमान गरिएको छ ।

इलामको सन्दकपुर गाउँपालिकाको –१ र ३ मा पर्ने माईपोखरीको प्रवेशद्वार अगाडि रहेको होटेलमा आगो लाग्दा पाँच वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मध्य दिउँसो स्थानीयवासी चक्रदीप मुखियाको भान्साघरबाट शुरु भएको आगोले पाँच वटा होटलका सामान पूर्णरुपमा जलेर नष्ट हुँदा एक करोड ४० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले सञ्चालन गर्दै आएका होटलहरु जलेका हुन् । काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी युवराज पिसीले जानकारी दिए ।

आगलागीबाट चक्रदीप मुखियाले सञ्चालन गरेको सिम्रन होटलमा आगो लाग्दा ४२ लाख बराबरको सरसामान, २० तोला सुन, १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाइएको छ ।

यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान, नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ । आगलागीबाट कमल मुखीयाले संचालन गरेको होटलबाट १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद, १ तोला सुन र १० तोला चाँदी जलेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : १५ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको