‘एभेन्जर: इन्ड गेम’ को फस्ट लूक आउट, नेपालमा रिलिज होला ? | Khabarhub Khabarhub

‘एभेन्जर: इन्ड गेम’ को फस्ट लूक आउट, नेपालमा रिलिज होला ?


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – विश्वभर चर्चित हलिउड फिल्म ‘एभेन्जर’ सिरिजको बहुप्रतीक्षित फिल्म ‘एभेन्जरः इन्ड गेम’ को फस्ट लूक सार्वजनिक गरिएको छ ।

मार्भल स्टुडियोको यो प्रतीक्षित फिल्मले केही समयअघि ट्रेलर सार्वजनिक गरेको थियो ।

फस्ट लूकसँगै फिल्मको टिजर मिति अप्रिल २६ तोकिएको छ । नेपाली मितिअनुसार यो फिल्म बैशाख १३ गते रिलिज हुनेछ ।

यद्यपि नेपालमा यो फिल्म रिलिज नहुने सम्भावना पनि छ । किनकि, हालै रिलिज भएको यसको सिरिज ‘क्याप्टेन मार्भल’ अन्तिम समयमा आएर नेपालमा रिलिज गरिएको थिएन ।

फस्ट लूकमा क्याप्टेन मार्भल, आइरन म्यान, क्याप्टेन अमेरिका, हल्क, थोर सहित कैयन् सुपरम्यानलाई राखिएको छ ।

नेपालमा रिलिजबारे अन्योल रहेपनि दर्शकमाझ यो फिल्म निकै प्रतीक्षित बनेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : २६ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको