गण्डकी मेडिकल कलेज प्रकरण : निषेधाज्ञा जारी गर्न अस्वीकार | Khabarhub Khabarhub

गण्डकी मेडिकल कलेज प्रकरण : निषेधाज्ञा जारी गर्न अस्वीकार


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पोखराले गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्यालसहित अन्य कर्मचारीले माग गरेअनुसारको निषेधाज्ञा जारी गर्न अस्वीकार गरेको छ ।

मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको इजलासले कलेज स‌‌चालककाे पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो।

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै कलेजक विद्यार्थी जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएपछि जिल्ला अदालत कास्कीको आदेशमा प्रहरीले कलेज संचालकलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका ८ जनामध्ये ६ जनाले उच्च अदालत पोखरामा गत बिहीबार पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा माग गर्दै निवेदन समेत दर्ता गराएका थिए ।

दुवैपक्षबीच बुधबार र बिहीबार भएको बहसपछि उच्च अदालत पोखराले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको हो ।

हेनुस् उच्च अदालतको फैसला

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ५३ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार