मलाई मार्न खोज्ने विप्लवको माया लागेको छ– प्रचण्ड | Khabarhub Khabarhub

मलाई मार्न खोज्ने विप्लवको माया लागेको छ– प्रचण्ड


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई मार्नका लागि नेत्रबिक्रम चन्द (विप्लव) समूहले टिम परिचालन गरेको बताएका छन् ।

बिहीवार राजधानीको पेरिशडाँडास्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हिजो सँगै जनयुद्ध लडेका साथी (विप्लव)ले आफ्नो ज्यान मार्ने निर्णय गरी टिम परिचालन गरेको सूचना पाएको बताए ।

‘मलाई आज (बिहीबार) विहान सरकारका तर्फबाट जानकारी आयो, मलाई (प्रचण्ड)लाई नै एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट (निर्णय) गर्नुभएको छ रे, र टिम पनि खटाउनु भएको छ रे,’ प्रचण्डले भने, ‘मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र, यो परिवर्तन बच्ने हो त ?’

सरकारले गरेको निर्णय (विप्लवमाथि प्रतिबन्ध लगाउने) विषयको प्रसंग उठाउँदै प्रचण्डले हिजो सँगै लडेका साथीहरुको माया र दया लागेको पनि बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको परिस्थिति जनयुद्ध थाल्दा (२०५२) सालको जस्तो नभएको उल्लेख गर्दै निधार खुम्च्याएर सोच्न विप्लवलाई सुझाव दिए ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ३ : १८ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले