२१६ थान हतियार सङ्कलन | Khabarhub Khabarhub

२१६ थान हतियार सङ्कलन


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सो सङ्ख्यामा हातहतियार सङ्कलन गरिएको हो ।

यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार सङ्कलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । उपनिर्वाचनको समयमा ४८ हतियार र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि नै सङ्कलन भएका उनले बताए ।

सङ्कलित हतियार बढीजसो एकनाले भरुवा बन्दुक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै दुईनाले भरुवा बन्दुक र बारबोर पनि सङ्कलन भएका छन् । सङ्कलित भएका सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेका जनाइएको छ । हतियार सङ्कलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउनाका साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय बताए ।

अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध–अवैध हतियार बुझाउन आग्रह गरेको प्रजिअ आनन्द पौडेलले बताए । गृह मन्त्रालयले मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचन भएका जिल्लामा मङ्सिर १० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ५ : १० बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा