युवा संघ बाँकेको जिल्ला अध्यक्षमा बस्याल मनोनित | Khabarhub Khabarhub

युवा संघ बाँकेको जिल्ला अध्यक्षमा बस्याल मनोनित


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– राष्ट्रिय युवा संघ नेपाल बाँकेको जिल्लाको अध्यक्षमा कुश्माखर बस्याल मनोनयन भएका छन् ।

बुधबार बसेको राष्ट्रिय युवासंघ केन्द्रीय समिति बैठकले युवा संघका सचिव रहेका बस्याललाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

मुलुकभरका युवासंघ गठन गर्ने क्रममा बाँकेको अध्यक्ष पदमा बस्याललाइ मनोनयन गर्ने निर्णय गरिएको हो । यस अघि चयन भएको किशोर थापा अध्यक्ष रहेको समितिमा बस्याल अत्याधिक मतले सचिवमा निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीको युवा संगठन मिलेर बनेको नेकपाको राष्ट्रिय युवा संघमा बस्याललाई अध्यक्षमा मनानयन गरिएको हो ।

उनी अहिले नेकपाको कोहलपुर नगर कमिटिका सदस्यका रुपमा पनि पार्टीमा सक्रिय छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : ०३ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार