सप्तरीमा जनमत पार्टीसहित ९ जनाको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

सप्तरीमा जनमत पार्टीसहित ९ जनाको उम्मेदवारी दर्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत आज स्थानीय तहतर्फ सप्तरीको एकमात्र वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी मनोनयन गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अच्छेलाल यादव, नेपाली काङ्ग्रेसबाट शिवनारायण मण्डल, राजपा नेपालबाट प्रमिलादेवी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी मनोनयन गर्नुभएको छ । नौमध्ये नुर हसन मन्सुरी, रञ्जीतकुमार यादव र धीरेन्द्रकुमार यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

मनोनयन दर्ता गर्न राजपाका उम्मेदवारसँगै आएका समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादवले राजपाको उम्मेदवारलाई सघाउने जनाए । वडाध्यक्ष पदका लागि नेकपा र राजपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने मतदाता बताउँछन् ।

यसअघि स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको झिनो अन्तरले राजपाका प्रभाकर यादवले जितेका थिए । उनी जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा अच्छेलाल नेकपाबाट उम्मेदवार बनेका छन् भने राजपाबाट प्रमिलादेवी उम्मेदवार बनेकी छिन् । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारको उम्मेदवारी मनोनयनका लागि आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्मको समय तोकेको थियो ।

मङ्सिर १४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानका लागि छिन्नमस्ता गाउँपालिका वडा नं ७ मा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय सप्तरीले जानकारी दिएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकामा अहिले २२८ मतदाता थपिएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : ३० बजे

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव