आलमको थुनछेक बहस अझै सकिएन, २५ जनाले बहस गर्नै बाँकी | Khabarhub Khabarhub

आलमको थुनछेक बहस अझै सकिएन, २५ जनाले बहस गर्नै बाँकी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस अझै बिहीबारसम्म पनि जारी रहने भएको छ ।

बुधबार अदालती समयसम्म बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले खबरहबलाई जानकारी दिए ।

पराजुलीका अनुसार बुधबार आलमको पक्षबाट १ जना वरिष्ठ अधिवक्तासहित ४ जना कानून व्यवसायीले बहस गरे ।

बुधबार पूर्वमहान्यायाधीवक्ता समेत रहिसकेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सञ्जिकुमार मल्लिक, लालबाबु राय र अजय पटेलले आलमको पक्षबाट बहस गरे ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत सोमबार आलमविरुद्ध अभियोग पत्र दायर गरेकोमा बुधबारदेखि थुनछेक बहस जारी छ ।

बहस शुरु भएको सातौं दिनसम्म आलमको पक्षबाट ११ जना कानून व्यवसायीहरुले बहस गरिसकेका छन् ।

स्थानीय कानून व्यवसायीहरु समेत गरी अझै करिब २५ जनाले आलमको तर्फबाट बहस गर्ने भनेर वकालतनामा दर्ता गरेका श्रेस्तेदार पराजुलीले जानकारी दिए ।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध उक्त प्रकरणमा प्रतिवादी (अभियुक्त) बनाएर जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको छ भने अर्का १ जना अभियुक्तलाई मतियारको रुपमा प्रस्तुत गरी सोहीअनुसार सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ०४ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन