८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी | Khabarhub Khabarhub

८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ ।

त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै अलमल छ । पछिल्लो समय बजारलाई केलाउने हो भने धेरैजसो कमेडी फिल्मले लगानी उठाएका छन् । केही लभस्टोरी फिल्मले पनि राम्रै कमाइ गरेका छन् ।

केही फिल्म चले पनि धेरैजसो फिल्म बक्स अफिलसमा असफल हुने गर्छन् ।‍ यसै कारण पनि दर्शक नेपाली फिल्मप्रति भड्किएका छन् ।

अभिनेता दीपकराज गिरीले नेपालमा बन्ने ८० प्रतिशत फिल्म हेर्नु भनेको टाउको दुखाउनु भएको बताएका छन् । खबरहबसँगको कुराकानीमा गिरीले भने, ‘हप्तैपिच्छे रिलिज हुने नेपालका अधिकांश फिल्म हेर्नु भनेको टाउको दुखाउनु नै हो ।’

उनले नेपाली फिल्म थप मेहनत गरेर दर्शकलाई मन पर्ने खालको बनाउनुपर्ने धारणा राखे । नेपाली फिल्म स्तरीय बनाउन सकियो भने विदेशी फिल्मको बजार विस्तारै कम हुँदै जाने उनको भनाइ थियो ।

पछिल्लो समय दीपकराज गिरीलाई फिल्म ‘छ माया छपक्कै’ मा शीर्ष भूमिकामा देखिएको थियो । फिल्ममा उनले युवा कार्यकर्ताको भूमिका निभाएका थिए । दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्मले दर्शकको साथ पाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : १७ बजे

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव