आबुधावीको प्रशिक्षण लिँदै पारस | Khabarhub Khabarhub

आबुधावीको प्रशिक्षण लिँदै पारस


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टीमका निवर्तमान कप्तान पारस खड्का प्रशिक्षणका लागि यूएई पुगेका छन् । उनी टी-१० लिग टीम आबु धाबीको प्रशिक्षण सामेल भएका छन् ।

पारस आबुधाबीले मंगलबार गरेको पहिलो दिनको प्रशिक्षणमा सामेल भएका हुन् । पारसले टीमका अन्य खेलाडीसँग प्रशिक्षण गरेका थिए । उनी टीममा सामेल हुन सोमबार युएई गएका थिए ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो । पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् ।

पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । आबुधाबीमा इंग्ल्याण्डका मोइन अली लगायतका खेलाडी छन् ।

टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् । नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टीमले प्रतिस्पर्धा गर्ने छन् ।

१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ३७ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले