कुलतको नशामा फसेकी थिइन् यी अभिनेत्री, थिएन राम्रो हालत ! | Khabarhub Khabarhub

कुलतको नशामा फसेकी थिइन् यी अभिनेत्री, थिएन राम्रो हालत !


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेत्री तथा सुपरस्टार कमल हसनकी छोरी श्रुति हसनले हालै आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् ।  एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा बताइन् । उनले आफ्ना ब्यायफ्रेण्ड माइकल कार्सेलसँग ब्रेकअप हुनुको कारण पनि खुलाइन् ।

कुनै समय आफू नशाको लतमा फसेको समेत उनले बताइन् । आफूले अल्कोहल छोडेपछि स्वास्थ्यमा त्यसको निकै नराम्रो असर परेको पनि बताइन् । अहिले भने उनको यो आदत छुटिसकेको छ ।

अन्तर्वार्ताका क्रममा श्रुतिले भनिन्, ‘म एकदमै धेरै ह्विस्की लभर थिएँ, मैले यो बानीलाई पूर्ण रुपमा छोड्ने सोचेँ, यो मेरा लागि नयाँ परिवर्तन थियो ।’

उनलाई सोधियो, यसले शरीरमा कस्तो प्रभाव पार्‍यो?

यसको उत्तरमा उनले भनिन्, ‘हो, म ठीक थिइनँ र यो कुरा मैले कसैलाई बताइनँ, मलाई लाग्यो कि, यो मेरो निजी मुद्दा हो, म आफ्नो पर्सनल कुरा कसैसँग पनि शेयर गर्न सक्दिनँ ।’

श्रुतिले माइकलसँगको सम्बन्धका बारेमा खुलासा गरिन् । ‘म एकदमै कुल टाइपकी युवती थिएँ, म निर्दोष पनि थिएँ, हरेक मसँग नजिक हुन खोज्थे, म एकदमै इमोसनल केटी थिएँ,’ उनले भनिन्, ‘यसै कारणले मान्छे मेरो नजिक हुन चाहन्थे, तर मलाई यो चाहिँ भन्नुपर्छ कि, त्यो पनि मेरा लागि साँच्चिकै राम्रो अनुभव थियो ।’

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ५ : ३५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले