चिनियाँ राष्ट्रपतिको भ्रमण भव्य रुपमा सम्पन्न भयो– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण भव्य रुपमा सम्पन्न भयो– प्रधानमन्त्री ओली


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् ।

२ दिने राजकीय भ्रमण सकेर सी स्वदेश फर्किपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फ भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एउटा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले ‘सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।

सीको भ्रमणबाट नेपाल–चीनबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको पनि ओलीले दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमा भनेका छन्– मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ३ : ३० बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका