राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच छलफल शुरु | Khabarhub Khabarhub

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच छलफल शुरु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता शुरु भएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि शनिवार(हिजो) नेपाल आएका चिनियाँ राष्ट्रपति सीसँग भ्रमण सकिनु अघि प्रधानमन्त्री केपी ओलीले वार्ता गर्न लागेका हुन् ।

नेपाल र चीनको उच्च स्तरीय प्रतिनिधिमण्डलबीचको छलफल सकिएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुई देशबीच विभिन्न १७ समझदारी पत्र आदान प्रदान भएको थियो ।

समझदारी पत्र आदान प्रदान भएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच करिब १५ मिनेटका लागि वार्ता शुरु भएको हो ।

वार्ता सकिएसँगै राष्ट्रपति सी स्वदेश फर्कनका लागि विमानस्थल जाने छन् । त्यहाँबाट उनी चीनका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १२ : ४२ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी