चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच ‘वान टु वान’ वार्ता | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच ‘वान टु वान’ वार्ता


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुँदैछ ।

दुई दिने राजकीय भ्रमणका क्रममा शनिवार(हिजो) नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता हुन लागेको हो ।

त्यसअघि उनले नेकपाका सचिवालय सदस्यहरुसँग सामूहिक रुपमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

शनिवार अपराह्न नेपाल आएका सीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

सीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र दुईपक्षिय समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सी आजै चीन फर्कनेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १० : १६ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको