नेपालमा चिनियाँ राष्ट्रपतिलाई बारा, कुरिलो र क्वाँटीको स्वाद चखाइयो | Khabarhub Khabarhub

नेपालमा चिनियाँ राष्ट्रपतिलाई बारा, कुरिलो र क्वाँटीको स्वाद चखाइयो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा भव्य स्वागत गरिएको छ ।

औपचारिक भेटवार्तासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति सीले नेपाली खानाका परिकारको स्वाद चाखेका छन् ।

उनका लागि रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार विभाजन गरिएको थियो । राष्ट्रपति सीले रात्रिभोजमा नेपाली बारा तथा कुरिलो र क्वाँटीको स्वाद लिएका छन् ।

त्यसो त उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएका थिए । राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहेको थियो । राष्ट्रपति सीलाई सबैभन्दा पहिला कुरिलो र क्वाँटीको नेपाली सुप सर्भ गरिएको जनाइएको छ । त्यसपछि उनले बारासहितको नेपाली सलादको स्वाद लिएका थिए । नेपाली परिकारहरु नेपाली सेफले नै बनाएका थिए ।

मेन कोर्षमा भने सीकै इच्छा अनुसार चिनियाँ र युरोपेली खाना खुवाइएको थियो । चिनियाँ खाना सी भ्रमण टोलीमा रहेका सेफले नै बनाएका थिए । युरोपेली खाना सोल्टीका सेफले बनाएका थिए ।

रात्रिभोजमा सी भ्रमण दलमा रहेका चिनियाँ उच्च अधिकारी, नेपालबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : २९ बजे

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजना घाइते

धनगढी– धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर