वास्तुशास्त्रः पूजाकोठामा पितृको तस्वीर राख्दा हुन्छ अनिष्ठ | Khabarhub Khabarhub

वास्तुशास्त्रः पूजाकोठामा पितृको तस्वीर राख्दा हुन्छ अनिष्ठ


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा विभिन्न मान्यताहरु छन् । जन्मदेखि मृत्युपर्यन्त पनि विभिन्न धार्मिक मान्यताहरुको पालना गर्नुपर्छ ।

विभिन्न चाडवाडमा मात्र होइन दैनिक कर्ममा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई महत्व दिइन्छ । यसैका लागि छुट्टै पूजा कोठाको निर्माण समेत गरिएको हुन्छ ।

केहीले पूजा कोठामा आफ्ना पितृहरुको तस्वीर समेत राख्ने गरेको पाइन्छ । तर, वास्तुशास्त्रले पूजाकोठामा पितृका तस्वीर राख्दा अनिष्ठ हुने बताउँछ । यसो गर्नाले परिवारमा कलह पैदा हुने वास्तुशास्त्रीहरुको मान्यता छ ।

हिन्दू धर्मअनुसार मानिसको मृत्यु भएपछि उसको आत्माले शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ । आत्माको मात्र पूजा हुन्छ, शरीरको हुँदैन । त्यसैले प्राण गए पछि शरीरलाई जलाइन्छ ।

वास्तु अनुसार भगवानको तस्वीर उत्तर वा उत्तरपूर्व दिशामा राख्ने गर्नुपर्छ । पूवाकोठा पनि उत्तरपूर्वमै दिशामा नै हुनुपर्छ । पितृहरुको तस्वीर चाहिँ अर्कै कोठाको दक्षिण पश्चिमतिर राख्नुपर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ४१ बजे

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्