ग्रिकलाई हराउँदै इटाली युरो कपमा छनोट | Khabarhub Khabarhub

ग्रिकलाई हराउँदै इटाली युरो कपमा छनोट


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरो कप २०२० का लागि भएको छनोट खेलमा ग्रिकलाई हराउँदै इटाली यूरो कपका लागि छनोट भएको छ ।

गएराति रोमामा भएको खेलमा ग्रिकलाई २–० गोल अन्तरले पराजित गर्दै ईटालीले अर्को बर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इटालीका लागि जोर्गिन्होले अग्रता दिलाए । जेगिन्होले ६३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ईटालीको अग्रता दिलाएका थिए ।

फेडेरिको बर्नार्डेस्कीले ७८ औ मिनेटमा गोल गर्दै ईटालीको जित सुनिश्चित गरेका थिए । जितसंगै ईटालीले समुह जेको खेलमा २१ अंक बटुलेको छ । उसले दोस्रो स्थानको अल्मेनियासंग ११ अंकको अग्रता लिएको छ ।

पराजित ग्रिकको छनोट हुने गणितीय सम्भावना बाँकी छ । तर त्यसका लागि ग्रिकको निरन्तर जितसंगै माथिल्ला टिमको खराब नतिजा कुनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ४२ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा