यो हो चिनियाँ राष्ट्रपतिले चढेको कार, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

यो हो चिनियाँ राष्ट्रपतिले चढेको कार, यस्ता छन् विशेषता


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन् ।

अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिएको छ । उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ ।

उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी हो । चिनियाँ राष्ट्रपति चढेको यो गाडीलाई कुनै पनि बम तथा गोलीको आक्रमण हुँदा पनि त्यसबाट सुरक्षित राख्दछ ।

यो गाडी चीनमा सबैभन्दा महंगो गाडी हो । उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ ।

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार यसमा रोल्स रोयसको ह्वील रहेको छ । उक्त गाडी गाडी विश्वकै महंगो गाडी मध्येमा पर्छ ।

गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ । लम्बाई ६३९५ एमएम लम्बाई तथा २००४ एमएम चौडाई र १७२० एमएम उचाई गाडीको रहेको छ ।

गाडीमा भी–१२ ६.० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ । गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन् ।

चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालिएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ११ बजे

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

निगमले डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा

अर्थतन्त्र तीन खर्ब ५६ अर्बले बढ्ने प्रक्षेपणको आधार के ?

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७