मलेसियामा अवैध बसिरहेका ७ नेपाली श्रमिक स्वदेश फिर्ता | Khabarhub Khabarhub

मलेसियामा अवैध बसिरहेका ७ नेपाली श्रमिक स्वदेश फिर्ता


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया अवैध रुपमा बसेका ७ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसियास्थित नेपाली दूतावासले उनीहरुलाई नेपाल फर्कन सहयोग गरेको हो ।

दूतावासले उनीहरुलाई स्वदेश फर्कन कागजात बनाएर हवाई टिकट काटेर पठाएको जानकारी दिएको छ । मलेसिया सरकार अवैध रुपमा बसेर रोजगारी गरी रहेको विदेशी कामदार स्वदेश फर्कन व्याक फर गुड मौका दिएको छ ।

मलेसिया सरकारले अवैध रुपमा बसेका विदेशी कामदारलाई ७ सय रिंगिट जरिवाना तिरेर स्वदेश फर्किने अवसर दिएको छ । व्याक फर गुड आममाफी कार्यक्रममा नेपालीहरु उल्लेख्य संख्यामा सहभागि हुन थालेका छन् ।

यसका लागि दूतावासले फर्म भरिदिने, अध्यागमन कार्यालय लैजाने तथा ल्याउने लगायतको व्यवस्था गरेको छ । व्याक फर गुड आगामी महिनासम्म छ । व्याक फर गुडमा सहभागि भएर करिब ५ सय नेपाली स्वदेश पर्किएको दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : १९ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको