‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको छमछमी (भिडियो) | Khabarhub Khabarhub

‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको छमछमी (भिडियो)


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरियो ।

चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टीका निधारमा टलक्क टल्कियो’ बोलको गीतको रिमेक भर्सनमा शम्भुजीत बाँस्कोटाको संगीत निर्देशन रहेको छ भने प्रमोद खरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । ओर्जिनल गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर सुन्न सकिन्छ । ‘अल्लारे’ मा महानायक राजेश हमाल र करिश्मा मानन्धरको अभिनय देख्न सकिन्छ । गीतका सर्जक सहदेव ढुंगाना हुन् ।

यस्तै ‘रातो टीका निधारमा’ मा समावेश गीतको भिडियोमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई शीर्ष भूमिकामा देख्न सकिन्छ । भिडियोमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, शिवहरि पौडेल, बसुन्धरा पौडेल लगायतलाई समेत देख्न सकिन्छ ।

एए ग्रुप अफ कम्पनीको ब्यानरमा बनेको यो चलचित्रमा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । यस्तै चलचित्रमा शम्भुजीत बाँस्कोटा र कल्याण सिंहको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, राजेश शाहको भीएफएक्स तथा मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

यो चलचित्र दशैँको अवसर पारेर असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ०८ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु