स्वास्थ्य सेवाका कर्मचारीको समयोजन ऐन विपरितः चिकित्सक संघ | Khabarhub Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको समयोजन ऐन विपरितः चिकित्सक संघ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐन विपरित भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको पदस्थापन कर्मचारी समायोजन ऐन र जेष्ठता बमोजिम नभएको भन्दै संघले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन तथा पदस्थापन गरिएको संघको आरोप छ । चिकित्सकहरुको समायोजन विवादास्पद र गैर न्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने संघको दाबी छ ।

संघले निश्चित कार्यविधि र मापदण्ड बैज्ञानिक एवं पारदर्शीरुपमा तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ०४ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७