नगरपालिकाका निर्वाचित वडाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

नगरपालिकाका निर्वाचित वडाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिबास– महोत्तरको भंगाहा नगरपालिकाको वडा नम्बर ८ का निर्वाचित वडाध्यक्षसहित ३ जना घुससहित पक्राउ परेका छन् ।

आफ्नो वडा क्षेत्रमा सञ्चालित परियोजना सम्पन्न भएको सिफारिस गरेको भन्दै सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घुससहित वडाध्यक्ष मोहम्मद रफिक आलमसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य २ जनामा सोही वडाका वडासदस्य कारी साह र वडासदस्यका छोरा मुकेश साह छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार वडाध्यक्ष आलमले घुस रकम बुझ्नका लागि वडासदस्य कासी साहका छोरा मुकेशलाई परिचालन गरेका थिए ।

मुकेशले जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा सेवाग्राहीबाट घुस रकम बुझेका थिए । अख्तियारको टोलीले मकुेशलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको थियो ।

उक्त घुस प्रकरणमा वडाध्यक्ष आलम र वडासदस्य साहको समेत संलग्नता रहेपछि अख्तियारको टोलीले उनीहरुलाई भंगाहा नगरपालिका–२ सितापुर चोकबाट नियन्त्रणमा लिएको हो ।

अहिले तीनैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ०३ बजे

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा

सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै

काठमाडौं- गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा

उपेन्द्र यादव र अशोक राईबीच भएन संवाद, नेताहरू भन्छन् : हामीले नयाँ यात्रा थालिसक्यौँ

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर मंगलबार

सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौं– माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम