हङकङको प्रदर्शनलाई चीनले भन्यो ‘आतंकवाद’को पराकाष्ठ | Khabarhub Khabarhub

हङकङको प्रदर्शनलाई चीनले भन्यो ‘आतंकवाद’को पराकाष्ठ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हङकङमा सुपर्दगी विधेयकको विरुद्धमा उत्रिएको आन्दोलनले चर्को रुप लिएपछि चीनले आतंकवादको संख्या दिएको छ । सोमबार हजारौं प्रदर्शनकारीले हङकङको विमानस्थल नै कब्जामा लिएर आन्दोलन चर्काएपछि विश्वको चासो हङकङतिर केन्द्रित बनेको छ ।

आन्दोलन हिंसातर्फ उन्मुख भइरहेको अधिकारीहरुले बताएका छन् । हङकङको आन्दोलनलाई लिएर चिनियाँ सेनाले पटक पटक धम्की समेत दिँदैआएको छ । चीनले ‘परिचालित तथा प्रतिक्रियावादी शक्तिको आन्दोलन’ को संज्ञा दिँदै हङकङको आन्दोलन दबाउने चेतावनी छ ।

प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आन्दोलनबारे अनेक टिप्पणी हुन थालेका छन् । केहीले यस आन्दोलनलाई ‘पश्चिमा शक्तिबाट परिचालित’ भएको जनाएका छन् । प्रदर्शनकारीले हङकङकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा समेत मागेका छन् ।

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा दिएको छ । पटक पटक चिनियाँ सेनाले प्रदर्शनकारीलाई ठाडै चेतावनी दिँदै आए पनि पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि ‘आतंकवाद’को संज्ञा दियो ।

प्रदर्शनमा उत्रिएकाहरुलाई आइतबार दिनभर र सोमबार पनि प्रहरीले अश्रुग्यांस प्रहार गरे । स्थानीय मिडियाका अनुसार प्रदर्शनकारीले भने प्रहरीलाई पेट्रोल बम नै प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाले भने आन्दोलन अब छिट्टै निकर्षमा पुग्ने वा चीनले नयाँ निर्णय गर्नसक्ने टिप्पणी गर्न थालिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १० : ०६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र