परीक्षा दिएर घर जाँदै गरेका तीन किशोरीलाई खोलाले बगायो | Khabarhub Khabarhub

परीक्षा दिएर घर जाँदै गरेका तीन किशोरीलाई खोलाले बगायो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिवार घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिए ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ । निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उनले बताए । खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ६ : १३ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले