कण्डमको कविता– सानो तर महत्वपूर्ण म | Khabarhub Khabarhub

कण्डमको कविता– सानो तर महत्वपूर्ण म


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठै बरा सडकमा प्लास्टिक फुक्दै हिँडेको त्यो बालक
कठै बिचरा गाडी झ्याप्प रोकिँदा माग्दै दौडिदै हिँडेकी ती बालिका
मात्र एक पलको बेहोशीको हुन सक्छन् ती उपज
खबर पढें हिजो राति लुगाामा गुटमुट्याएर नवजात शिशु त्यो खोला मुनि भेटिइन् रे !
भेदभाव सहन नसक्दा आफ्नै आमाले एचआईभी संक्रमीत अबोध बालकको घाँटी रेटिदिछन् रे !

कस्तो बिडम्बना म सर्वसुलभ रुपमा निःशुल्क छु उपलब्ध
तर पनि किन हिचकिच्याउँछन् सबै गर्न मेरो उच्चारण
रोक्न सक्छु म नचाहिएका गर्भ
राख्न सक्छु म यौन रोगलाई टाढा
क्षमतै क्षमताले म छु भरिभूर्ण
भन्छन् सबै मलाई कण्डम ।

हुन पर्दैन पढेलेखेको धेरै, गर्न मेरो प्रयोग
मेरै बट्टामा हुन्छ कसरी गर्ने भरी मेरो उपयोग
हुर्कदै गरेका यौवन अवस्थाका छोराछोरीसँग
नलजाइकन गर्नुपर्छ मेरो वर्णन
भविष्यमा अवोध बालबालिकालाई कठै बन्नबाट जोगाउन
आजैबाट वृहत रुपमा घरघरमा गरौं मेरै बारेमा छलफल ।

– अमि थपलिया 

विश्व कण्डम दिवसको अवसरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर र नर्सहरुले कण्डमको विषयमा  वाचन गरेका सचेतनात्मक कवितामध्ये प्रथम भएको कविता ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ७ : ५७ बजे

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक