सिप्यानले क्रिकेट खेलाडीलाई अवार्ड दिने | Khabarhub Khabarhub

सिप्यानले क्रिकेट खेलाडीलाई अवार्ड दिने


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) ले क्रिकेट खेलाडीलाई फागुन २१ गते एनसीसीएस—सिप्यान क्रिकेट अवार्ड २०१९ बाट सम्मानित गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि आयोजकले अवार्डको घोषणा गरेको हो ।

पहिलो पटक आयोजना हुन लागेको अर्वाड कार्यक्रमलाई नेशनल कलेज फर कम्प्युटर स्टडिज (एनसीसीएस) ले प्रायोजन गरेको छ । वर्ष क्रिकेट खेलाडी पुरुषतर्फ र वर्ष खेलाडी महिलातर्फ गरि दुई तथा वर्ष उदाउँदो क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अर्वाड गरि ५ विधामा अर्वाड प्रदान गरिनेछ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

अर्वाडका लागि योग्य खेलाडी छनोटका लागि छुट्टै प्राविधिक टोली गठन गर्ने सिप्यानले जानकारी दिएको छ । सिप्यानका अध्यक्ष डा.मनिष राज पाण्डेले पहिलो पटक यो पुरस्कार आयोजना गरिएपनि यसले आउने वर्षहरुमा निरन्तरता पाउने बताएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : २६ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी