क्रिसमस टापुको आप्रवासन बन्दीगृह पुनः खोलिने | Khabarhub Khabarhub

क्रिसमस टापुको आप्रवासन बन्दीगृह पुनः खोलिने


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले क्रिसमस टापुमा रहेको विवादास्पद आप्रवासी बन्दीगृह पुनः खोल्ने जनाएका छन् ।

यसअनुसार अब अष्ट्रेलिया जाने अवैधानिक आप्रवासीलाई क्रिसमस टापुमा रहेको बन्दीगृहमा बन्दी बनाइने छ । अष्ट्रेलियाकै प्रशासनमा रहेको क्रिसमस टापु अष्ट्रेलियाबाट २५ सय किलोमिटर पश्चिममा हिन्द महासागरमा अवस्थित छ ।

अष्ट्रेलियाले त्यसबाहेक पपुवा न्यूगिनीको मानुस टापु र नाउरुमा पनि अवैधानिक आप्रवासीलाई बन्दीगृहमा राख्ने गरेको छ ।

क्रिसमस टापुको आप्रवासन बन्दीगृह गत वर्ष बन्द गरिएको थियो । त्यस्ता बन्दीगृहमा यताना र अन्य जघन्य अमानवीय ज्यादती हुने गरेको संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघ संगठनले प्रतिवेदन निकाल्दै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ३५ बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको