‘उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना छैन’ | Khabarhub Khabarhub

‘उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना छैन’


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ताको मिति नजिकिँदै गर्दा अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डरले उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना नरहेको जनाएका छन् ।

अमेरिकी सिनेटको आम्र्ड सर्भिस कमिटीको सुनुवाईका क्रममा अमेरिकी इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप डेभिडसनले उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना नरहेको जनाएका हुन् ।

उत्तर कोरियाले पछिल्ला केही वर्षमा आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण बन्द गरेकाले त्यस क्षेत्रमा स्थीरताको संकेत देखिएपनि उत्तर कोरियालाई पूर्ण रुपमा आणविक निशस्त्रीकरण गर्नका लागि अझै धेरै गर्न बाँकी रहेको डेभिडसनको भनाइ छ ।

गत महिना अमेरिकी राष्ट्रिय जासुसी निकायका निर्देशक डान कोट्सले पनि सिनेटको सुनुवाईका क्रममा उत्तर कोरियाले आफ्ना सम्पूर्ण हतियार त्याग्ने संभावना नरहेको जनाएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : १५ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण