च्याम्पियन्स लिग– एमबाप्पे नायक बन्दा युनाइटेडलाई झट्का « Khabarhub

च्याम्पियन्स लिग– एमबाप्पे नायक बन्दा युनाइटेडलाई झट्का


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेसनल किमपेम्बे र किलियन एमबाप्पेले गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) ले च्याम्पियन्स लिगमा अन्तिम—१६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडमाथि जीत हात पारेको छ ।

वल्ड ट्राफोडमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई पीएसजीले २—० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पाउल पोग्वाले खेलको अन्तिमतिर दुई पहेंलो कार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युनाइटेडविरुद्ध खेलको ५३ औं मिनेटमा किमपेम्बेले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको ठिक ७ मिनेटपछि अर्थात् खेलको ६० औं मिनेटमा युवा स्टार एमबाप्पेले उत्कृष्ट गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए ।

केयर टेकर प्रशिक्षकको जिम्मेवारी सम्हालेपछिका ११ खेलमध्ये १० खेलमा युनाइटेडलाई जीत दिलाएका प्रशिक्षक ओले गनर सोल्सायरका लागि पहिलो हाफमा जेस्से लिङगार्ड र एन्थोनि मार्सेलको चोट टीमका लागि कमजोरी बनेको बीबीसीले उल्लेख गरेको छ ।

पहिलो लेगमा पराजित युनाइटेडले मार्च ४ मा पीएसजीको घरेलु मैदानमा पुनरागमनको प्रयास गर्नेछ । पीएसजीले ब्राजिलीयन स्टार खेलाडी नेयमार र स्ट्राइकर इडिन्सन काभानी मैदान बाहिर रहँदा पनि सहज जीत हासिल गरेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ५४ बजे

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन  मन्त्रीलाई

सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि गण्डकी संसद् सुरु हुँदै

पोखरा– निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध

प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो

काठमाडौँ- साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ

पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

कास्की– बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको

मधेस प्रदेशले पुन : सुरु गर्‍यो ‘छोरी शिक्षा बीमा’

जनकपुर – मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ पुनः