च्याम्पियन्स लिग– एमबाप्पे नायक बन्दा युनाइटेडलाई झट्का | Khabarhub Khabarhub

च्याम्पियन्स लिग– एमबाप्पे नायक बन्दा युनाइटेडलाई झट्का


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेसनल किमपेम्बे र किलियन एमबाप्पेले गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) ले च्याम्पियन्स लिगमा अन्तिम—१६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडमाथि जीत हात पारेको छ ।

वल्ड ट्राफोडमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई पीएसजीले २—० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पाउल पोग्वाले खेलको अन्तिमतिर दुई पहेंलो कार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युनाइटेडविरुद्ध खेलको ५३ औं मिनेटमा किमपेम्बेले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको ठिक ७ मिनेटपछि अर्थात् खेलको ६० औं मिनेटमा युवा स्टार एमबाप्पेले उत्कृष्ट गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए ।

केयर टेकर प्रशिक्षकको जिम्मेवारी सम्हालेपछिका ११ खेलमध्ये १० खेलमा युनाइटेडलाई जीत दिलाएका प्रशिक्षक ओले गनर सोल्सायरका लागि पहिलो हाफमा जेस्से लिङगार्ड र एन्थोनि मार्सेलको चोट टीमका लागि कमजोरी बनेको बीबीसीले उल्लेख गरेको छ ।

पहिलो लेगमा पराजित युनाइटेडले मार्च ४ मा पीएसजीको घरेलु मैदानमा पुनरागमनको प्रयास गर्नेछ । पीएसजीले ब्राजिलीयन स्टार खेलाडी नेयमार र स्ट्राइकर इडिन्सन काभानी मैदान बाहिर रहँदा पनि सहज जीत हासिल गरेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ५४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०