‘बैना बट्टा’को छायांकन पूर्वी नेपालबाटै | Khabarhub Khabarhub

‘बैना बट्टा’को छायांकन पूर्वी नेपालबाटै


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘बैना बट्टा’ कोे शुभमुहूर्त गरिएको छ । प्रमुख अतिथि संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले क्यामेराको स्विच थिचेर चलचित्र बैनाबट्टाकोे शुभमुहूर्त गरेका हुन् ।

नरिवल फुटाएर नायक नायिका लगायत सम्पूर्ण चलचित्र यूनिटले क्यामेरा पूजा गरे । प्रेम लावतीको निर्माण रहेको चलचित्र ‘बैना बट्टा’मा राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहनेछ ।

चलचित्रमा विशेष गरी पूर्वी नेपालका जनजातीहरुको जीवनमा आईपर्ने यथार्थ जीवनकथा तथा कला संस्कृतिलाई देखाइने निर्देशक राईले बताए । चलचित्रमा देवेन्द्र नेम्बाङ, कविता राई, बाबु मोक्तान र रश्मिला तामाङको अभिनय रहनेछ । यस्तै चलचित्रमा अन्य कलाकारहरुमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश बानेम, रिया सुब्बा, रोशन सिंह लिम्बु, प्रकाश थेबे, निरा राई लगायत रहनेछन् ।

सहायक निर्माताको रुपमा एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ रहका छन् । चलचित्रमा चार गीत रहनेछन् जसमा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राईको संगीत रहनेछ । पूर्वी नेपालबाटै चलचित्रको केहीदिनभित्र छायांकन थालिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : ०८ बजे

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर