स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक | Khabarhub Khabarhub

स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार कर्मचारी दरबन्दी रिक्त रहेको जानकारी दिए ।

उनले मन्त्रालयमा दैनिक रुपमा स्थानीय तहका प्रमुख कर्मचारी चाहियो भनेर आउने गरेकोसमेत बताए । उनले कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा प्रदेश लोकसेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी पदपूर्ति गर्न पाउने कानून व्यवस्थाअनुसार नै स्थानीय तहबाट माग गरिएका दरबन्दीको आधारमा आयोगलाई विज्ञापन गर्न भनेको जानकारी दिए ।

प्रवक्ता बरालले आफूहरुले स्थानीय तहबाट सङ्कलन गरिएका रिक्त दरबन्दी आयोगलाई पठाइदिएको र आयोगले पनि प्रदेश र स्थानीय तह सञ्चालन सेवा ऐन बनिनसकेकाले पुरानै कानूनअनुसार नै समावेशी छुट्टाइएको बताए ।

गत सोमबार राज्यव्यवस्था तथा सुशासन समितिले ५१५ स्थानीय तहका लागि खोलिएको नौ हजार १६१ पदको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो । अहिलेसम्म करीब ९५ हजार परीक्षार्थीले आवेदन फाराम भरिसकेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ८ : २१ बजे

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ (तस्बिरहरु)

सिन्धुली– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

जसपा नेपालको पत्रकार सम्मेलन सुरु

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको पत्रकार सम्मेलन सुरु भएको

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा