गुठी विधेयक फिर्ता नगरे आन्दोलनमा जाने राप्रपा संयुक्तको चेतावनी | Khabarhub Khabarhub

गुठी विधेयक फिर्ता नगरे आन्दोलनमा जाने राप्रपा संयुक्तको चेतावनी


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । सो विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष राणाको चेतावनी छ ।

हिन्दू तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको सो विधेयकको विरोधमा जनता रहेका र उनीहरुलाई परिचालन गरेर सरकारलाई सो विधेयक फिर्ता लिन बाध्य बनाउने अध्यक्ष राणाको भनाइ छ ।

अर्का अध्यक्ष लोहनीले सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा सो विधेयकलाई पुनः तर्जुमा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सरकारले भू माफियाको मिलेमतोमा ल्याएको सो विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ४ : ३९ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।