यस्ता विशेषता भएका मान्छे हुन्छन् भाग्यमानी | Khabarhub Khabarhub

यस्ता विशेषता भएका मान्छे हुन्छन् भाग्यमानी


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको शरीरिक बनावट फरक हुन्छ । फरक–फरक बनावट र संकेतले व्यक्तिको विशेषताबारे पनि बताइरहेको हुन्छ । विशेष गरी समुद्रशास्त्रले यस्ता कुराको विशेषता बताइरहेको हुन्छ । शास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

१.दाँतमाथि दाँत खप्टिनुः

समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानी हुन्छन् । यसका साथै यस्ता व्यक्ति असल र मित्रहरुलाई सधैँ साथ दिने खालका हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

२. छवटा औँलाः

सामान्यतः हरेक मान्छेको हात र खुट्टामा पाँच–पाँच वटा औँला हुन्छन् । तर संसारमा यस्ता मान्छे पनि हुन्छन् जसको कुनै हात वा खुट्टामा ६ वटा औँला हुन्छ । ६ वटा औँला भएका मानिस अत्यन्तै भाग्यमानी हुन्छन् भन्ने कुरा समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ । यस्ता व्यक्ति अत्यन्तै इमान्दार र हरेक कामलाई आफ्नो कामको रुपमा ग्रहण गर्छन् । यस्तै यिनीहरुले आफ्नो कामबाट प्रसिद्धि पनि कमाउँछन् ।

३.दाँतको बीच खाली ठाउँः

दाँतको बीचमा खाली ठाउँ भएका व्यक्तिहरु आर्थिक क्षेत्रका विषयमा निर्णय लिन निक्कै सक्षम हुन्छन् । समुद्रशास्त्रअनुसार यस्ता व्यक्तिहरु गफाडी पनि हुन्छन् । र कुरा बनाउन कहिल्यै पनि थाक्दैनन् । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँत बीचमा खाली ठाउँ हुन्छ, त्यस्ता व्यक्तिहरु पैसादेखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन् ।

४.पुरुषको छातीमा रौँः

यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । छातीमा रौँ भएका पुरुष धनाढ्य पनि हुन्छन् । जसले गर्दा यिनीहरुको जीवनमा कहिल्यै धनको कमी हुँदैन ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ३७ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै