विदेशी कामदारका लागि मलेसियामा नयाँ नियम, अब विमानस्थलमै स्वास्थ्य परीक्षण गर्नुपर्ने | Khabarhub Khabarhub

विदेशी कामदारका लागि मलेसियामा नयाँ नियम, अब विमानस्थलमै स्वास्थ्य परीक्षण गर्नुपर्ने


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले रोजगारीका लागि आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमै गर्ने तयारी थालेको छ ।

विमानस्थलमै गरिने स्वास्थ्य परीक्षणमा गम्भीर प्रकारको रोग लिएर मलेसिया भित्रिएका विदेशी कामदारलाई त्यहाँबाट फर्काइने मलेसियाली मानव संशाधन मन्त्रालयले जनाएको छ ।

रोजगारीका लागि मलेसिया जाने आप्रवासी कामदारसँगै विभिन्न प्रकार संक्रमित रोग भित्रिन थालेको भन्दै मलेसियाले विमानस्थलमै स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

यसरी स्वास्थ्य परीक्षण गर्नका लागि मलेसिया सरकारले विमानस्थलमा छुटै स्वास्थ्य डेस्क स्थापनाको तयारी थालेको छ ।

विमानस्थलमा स्वास्थ्य परीक्षण गर्ने विषयमा मलेसियाली मानव संशाधन मन्त्री एम कुलासेगरनले सम्बन्धित देशका कुटनीतिक नियोगसँग छलफल चलाइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य डेस्क स्थापना गर्ने विषयमा मलेसियाको मन्त्रिपरिषद् वैठकमा छलफल भए पनि निर्णय हुन भने बाँकी रहेको जनाइएको छ ।

मलेसियाको संसदले भने विमानस्थलमा स्वास्थ्य परीक्षण गराउने विषयमा सहमति जनाइएको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रोजगारीका लागि मलेसिया आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण विमानस्थलमै गराउन पर्ने भन्दै त्यहाँका रोजगारदाताले धेरै पहिलेदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

कुनै रोजगारदाता कम्पनी आफैंले खर्च गरी मगाएको कामदार स्वास्थ्य परीक्षणमा असफल भएर फर्किनु पर्दा अर्को कामदारका लागि १ महिनासम्म कुर्नु पर्ने छ । यो विषयमा मलेसियाका विभिन्न टे«ड युनियनले सहमति जनाइरहेका छन् ।

विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएका कामदारलाई २ दिनसम्म रिपोर्टका लागि एयरपोर्टमै कर्नुपर्ने छ । उनीहरुको स्वास्थ्य परीक्षण गराएपछि रोजगारदाता कम्पनीमा नभइ सरकारी आवासमै राखिने छ ।

स्वास्थ्य परीक्षणमा असफल भएका विदेशी श्रमिकलाई रोगको अवस्था हेरी विमानस्थलबाटै स्वदेश फकाइन जनाइएको छ ।

मलेसिया रोजगारीमा आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण मलेसियाको विमानस्थलमा गराउने विषयमा यहाँको सम्बन्धित निकायसँग छलफल गरिएको मलेसियास्थित नेपाल दूतावासले जानकारी दिएको छ ।

मलेसिया रोजगारीमा आउने नेपाली कामदारले नेपालकै स्वास्थ्य संस्थामा राम्रोसँग स्वास्थ्य परीक्षण गरेर आउनुपर्ने दूतावासले जनाएको छ ।

पछिल्लो समय रोजगारीका लागि मलेसिया आएका विदेशी कामदार स्वास्थ्य परीक्षण असफल भए पनि अवैध भएर काम गर्ने क्रम बढेपछि मलेसिया सरकारले नयाँ नियम लागू गर्न लागेको हो ।

रोजगारीका लागि मलेसिया पुगेका विदेशी कामदारको वर्षको एकपटक अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ ।

हाल मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत रहेको सरकारी अनुमान छ । जसमध्ये १ लाखभन्दा धेरै नेपाली अवैध रुपमा मलेसियामा कार्यरत छन् ।

मलेसिया र नेपाल सरकारबीच गत कात्तिक महिनामा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । सोही सम्झौतामा उल्लेख भएअनुसार हाल नेपालमा नयाँ मापदण्डअनुसार स्वास्थ्य परीक्षण गराउन मेडिकल र स्वास्थ्य संस्थाको छनोट भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले गत वर्षको जेठ महिनामा मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण गरेको आरोपमा बायोमेट्रिक, आईएससी, ओएससी, भीएलन र माइग्राम्सको काम गर्ने पाँच वटा संस्था खारेज गर्ने निर्णयपछि त्यहाँको रोजगारी बन्द छ ।

यो निर्णय हुनभन्दा पहिला कलिङ भिसा लागेका कामदारको हकमा गत चैतदेखि अन्तिम श्रम स्वीकृति जारी गर्ने थालिएको छ । मलेसिया नेपाली युवा युवतीका लागि प्रमुख रोजगार गन्तव्य देशभित्र पर्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : ३१ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव