कुवेत जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण अब नेपाली दूतावासबाटै | Khabarhub Khabarhub

कुवेत जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण अब नेपाली दूतावासबाटै


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कुवेतको विदेशी मन्त्रालयले वैदेशिक रोजगारीका लागि त्यहाँ आउने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा कुवेतस्थित नेपाली राजदूतावासलाई दिएको छ ।

यो भन्दा अगाडि पनि कुवेत रोजगारीमा जान नेपाली कामदारले प्रहरी रिपोर्टमा कुवेतस्थित नेपाली राजदूतावासले प्रमाणिकरण भइ आएपछि मात्र भिसा प्रक्रिया र पूर्व श्रम स्वीकृतिको काम अगि बढ्ने गरेको छ ।

गत महिनादेखि कुवेत आउने श्रमिकहरुको ‘पुलिस रिपोर्ट’ भारतमा रहेको कुवेत दूतावासमा प्रमाणिकरण गरेको हुनु पर्ने भन्दै भिसा लगउनमा कुवेत सरकारले रोक लगाएको थियो । यो विषयमा वैदेशिक रोजगार व्यवसायीले डिमाण्ड ल्याएपछि प्रहरी रिपोर्ट बनाउन झन्झटिलो हुने भन्दै सरकारको ध्यानार्षण गराएका थिए ।

यस विषयमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले कुवेतमा रहेको नेपाली राजदूतावासमा पत्राचार गरेको थियो । सोअनुसार कुवेतको विदेश मन्त्रालयले नेपाली कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्न जिम्मा दूतावासलाई दिएको छ ।

पछिल्लो समय कुवेत सरकारले आपराधिक गतिविधि रोक्न कुवेत आउने विदेशी कामदारको प्रहरी आफ्ना कुटनीतिक नियोगबाट मात्र गराउने निर्णय गरेको थियो । नेपालमा कुवेत सरकारको कुटनीतिक नियोग नभएका कारण प्रहरी रिपोर्ट प्रमाणिकरणको काम दूतावासलाई दिएको हो ।

कुवेतमा नेपालबाट वार्षिक १० हजारभन्दा धेरै रोजगारीमा जाने गरेका छन् । पछिल्लो समय रोजगारीमा गएका धेरै महिला कुवेतमा समस्यामा पर्ने गरेका छन् ।

हाल कुवेतमा करिब २ लाख नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारको अनुमान छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : ३२ बजे

बझाङको मतगणना छबिसपाथिभेराबाट सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो