तपाईं प्रतिभाशाली हुनुहुन्छ भने अमेरिकाले दिन्छ ग्रीनकार्ड | Khabarhub Khabarhub

तपाईं प्रतिभाशाली हुनुहुन्छ भने अमेरिकाले दिन्छ ग्रीनकार्ड


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाई असाधारण प्रतिभाशाली हुनुहुन्छ भने तपाईलाई अमेरिकाले ग्रिनगार्ड प्रदान गर्दछ ।

अमेरिकी अध्यागमन नियमअनुसार विज्ञान, कला, व्यापार, शिक्षा, खेलकुद लगायत बिभिन्न विद्याका प्रतिभाशालीहरुलाई सजिलैसँग अमेरिकी ग्रिन कार्ड प्राप्त हुन्छ ।

ख्यातिप्राप्त पत्रकार, शिक्षक, कलाकार, गायक, संगितकार, नृत्यकार, फोटोग्राफर, टेलिभिजन कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सल आर्टसका खेलाडी, प्रशिक्ष्क, टेवलटेनिसका खेलाडी, शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस विशिष्ट श्रेणीको भिसा र ग्रीनकार्ड केही महिनाभित्रै प्राप्त हुन्छ ।

असाधारण प्रतिभाशालीका पुष्टि गर्न निवेदकले आफ्नो क्षेत्रमा दख्खल रहेको प्रमाणीत गर्ने दस्ताबेजहरु पेश गर्नुपर्दछ ।

कतिपय अवस्थामा तपाईले आफ्नो प्रतिभालाई पुष्टि गर्ने कागजात र प्रमाण पेश गर्न द्विविधा रहेमा अध्यागमन हेर्ने कानून व्यवसायीसँग समेत परामर्श या सहयोग लिनुपर्ने हुनसक्छ ।

यो ग्रिन कार्डका लागि औपचारीक अध्यननको खास जरुरी पर्दैन । यस खालको भिसालाई अमेरिकाले ‘इबी वान’ र ‘इबी टु’ मा बर्गीकरण गरेको छ ।

असाधारण प्रतिभाशाली ग्रिन कार्ड प्राप्त गर्न इच्छुक निवदेकले निम्न प्रमाणहरु पेश गर्नुपर्छ–

– निवेदकले महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाएको प्रमाण पत्र

– निवेदक प्रतिष्ठित पेशागत संगठनको सदस्य रहेको प्रमाणपत्र

– निवेदकका बारे कुनैपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रकाशीत/प्रशारित अभिलेख।

– निवेदक आफ्नो पेशाको विशेषज्ञको हैसियतमा निर्णायक भई अरुको मूल्याङ्कन गरेको प्रमाण

– निवेदकले आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान र उपलब्धी हासिल गरेको प्रमाण

– निवेदकका सञ्चारमाध्यममा प्रकाशीत लेख रचना

– निवदेक कार्यरत कम्पनीमा महत्पूर्ण जिम्मेवारी लिइरहेको प्रमाण

– निवेदक कार्यरत स्थानमा अरुभन्दा बढी तलब प्राप्त गरेको प्रमाण

– निवेदकलाई महत्वपूर्ण व्यक्तिहरुले गरेको लिखित सिफारीस

– निवेदकसंग एक दशकभन्दा लामो अनुभव रहेको प्रमाणीत गर्ने कागजात ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ४ : ३४ बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा