बाल यौन दुराचारको अभियोगमा चर्चका धर्मगुरु पेललाई ६ वर्षको जेल सजाय | Khabarhub Khabarhub

बाल यौन दुराचारको अभियोगमा चर्चका धर्मगुरु पेललाई ६ वर्षको जेल सजाय


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्याथोलिक चर्चका धर्मगुरु तथा भ्याटिकनका पूर्व ट्रेजरर कार्डिनल जर्ज पेललाई अष्टे«लियाको एउटा अदालतले बाल यौन दुराचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।

अष्टे«लियाको भिक्टोरिया राज्यको काउन्टी अदालतले कार्डिनल पेललाई सन् ९० को दशकमा मेलबर्न शहरमा दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको हो ।

क्याथोलिक इसाई धर्मका सबैभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसका पूर्व सल्लाहकार समेत रहेको कार्डिनल पेल बाल यौन दुराचार अभियोगमा जेल सजाय पाउने सबैभन्दा वरिष्ठतम क्याथोलिक धर्मगुरु हुन् ।

अदालतमा कुनै धार्मिक पोसाक बिना उपस्थित कार्डिनल पेललाई सजाय सुनाउँदा उनले कुनै भावनात्मक प्रतिक्रिया नदेखाएको अष्टे«लियाका सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफू निर्दोष रहेको बताउँदै आएका छन् । आफू निर्दोष रहेको भन्दै उनले उपल्लो अदालतमा पुनरावेदन समेत दिएको बताइएको छ । उनको पुनरावेदनमा आगामी जुन महिनामा सुनुवाई हुनेछ ।

पेल आर्चविशप रहेको मेलबर्नको सेन्ट प्याट्रिक चर्चमा सन् १९९६ र १९९७ मा उनले दुई जना १३ वर्षीय बालकहरुमाथि यौन दुव्र्यवहार गरेको अदालतले ठहर गरेको थियो ।

तीमध्ये एक पीडितको सन् २०१४ मा निधन भएको थियो भने अर्का पीडितले अभियोजनकर्तासमक्ष कार्डिनल पेलविरुद्ध बयान दिएका थिए । अष्टे«लियाको कानूनअनुसार पीडितको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ३ : ०१ बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र