छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी र बीरगंजमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाह चोक नजिक आज  बिहान भएको सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सुरुङगा नगरपालिका–५ का मझलुम मिया र सोही वडाका रामेश पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटना हुँदा बस अनियन्त्रि भइ सडकमै पल्टिंदा बसमा सवार २४ जना भन्दा बढी यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका को १ ख ४९६४ बसले विपरित दिशाबाट आउँदै गरेको को ३४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यसैबीच, भारतीय ट्रकको ठक्करबाट वीरगञ्जमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ । गएराति एन.एल.०१ जी ०९६२ नम्बरको भारतीय ट्रकले ना ४६ प ९००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुको सनाखन हुन बाँकी छ । फलाम बोकेको मालबाहक भारतीय ट्रकले शंकराचार्य गेटनजिकै मोटरसाइकललाई ठक्कर दिएको र ट्रक तथा त्यसका चालक भारत बिहार भोजपुर गन्गौलका ५५ वर्षीय हरेराम ठाकुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ११ : २९ बजे

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग