नेपाल–फ्रान्स परामर्श संयन्त्र स्थापना | Khabarhub Khabarhub

नेपाल–फ्रान्स परामर्श संयन्त्र स्थापना


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमितरूपमा परामर्श गर्न नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ ।

दुवै देशका अधिकारीले उक्त संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरेसँगै संयन्त्रको पहिलो बैठक पनि आजै राजधानीमा सम्पन्न भएको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र फ्रान्सको विदेश मन्त्रालयमा एशिया र ओसिनिया मामिला हेर्ने निर्देशक थिरी मथाउ नेतृत्वको प्रतिनिधिमण्डलको समुपस्थितिमा आज परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजेले हस्ताक्षर गरे ।

आजै परराष्ट्रसचिव शङ्करदास वैरागी र निर्देशक मथाउ नेतृत्वको प्रतिनिधिमण्डलबीच परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न भयो । बैठकमा पारस्परिक सहयोग अभिवृद्धिका साथै दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान सम्बन्धमा पनि विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष गर्नुभएको फ्रान्सको औपचारिक भ्रमणबारे पनि चर्चा भएको थियो ।

बैठकमा आर्थिक विकास एवं साझेदारीका साथै व्यापार, पर्यटन, लगानी, जनता–जनताबीचको सम्पर्क विस्तारबारे पनि छलफल भएको थियो । नेपालीपक्षले फ्रान्सेलीपक्षलाई नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने सन्दर्भमा फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्न आग्रह गरेको थियो ।

त्यसैगरी बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तन तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत नेपालले गरेको योगदानको चर्चा भएको थियो । आगामी चैतमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन पनि नेपालले आग्रह गरेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : ४० बजे

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित