करोडौं खर्चेर बनाइएको रंगशालाको प्यारापिटमा पानी चुहियो, कुर्सी भाँचिए | Khabarhub Khabarhub

करोडौं खर्चेर बनाइएको रंगशालाको प्यारापिटमा पानी चुहियो, कुर्सी भाँचिए

'थप कामका लागि अर्को ‘प्याकेज’ आवश्यक'



काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि हतारहतार बनाइएको दशरथ रंगशालाको भीआईपी प्यारापिटमा पानी चुहिएको छ ।

शुक्रबार बिहानैदेखि काठमाडौंमा सामान्य वर्षा भएको थियो । सामान्य वर्षा भएपनि रंगशालाको प्यारापिटमा भने पानी चुहिएको छ ।
रंगशलाको भीआईपी प्यारापिटमा तलदेखि माथिसम्म पाने भिजेको छ । भीआइपी प्यारापिटको छाना छाउनका लागि मात्र साढे चार करोड खर्च भएको थियो ।

रंगशालाको प्यारापिटको बीचको भाग भीभीआईपीका लागि छुट्याइएको थियो । उक्त क्षेत्रमा रातो र निलो कार्पेट समेत विछ्याइएको छ । सोफाहरु निकालिए पनि कार्पेट अहिले पनि त्यहाँ विछ्याइएकै छ । तर सामान्य पानी पर्दा पनि प्यारापिटमा पानी चुहिएपछि कार्पेट भिजेको हो ।

भीआईपी प्यारापिटको छानो नै चुहिएपछि प्यारापिटमा पानी पसेको हो ।

चीनबाट ल्याइएको प्यारापिटमा छानो छाइएपनि त्यसले सबै भाग छोपिएको छैन । हतारमा प्यारापिटको छाना जडान गर्दा समस्या भएको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्यायले बताए ।

‘रंगशालामा धेरै काम बाँकी नै छ । अस्ती दुई दिनमात्रै बढी काम गर्न पाइएको भए सबै काम सम्पन्न भइसक्थ्यो,’ इन्जिनियर उपाध्यायले भने,‘जहाँ ‘नट बोल्ट’ राखिएको थियो । त्यहाँ एक लेयर कपडा राख्न बाँकी छ ।’

ढिलो गरि आएको भीआईपीको छानो मंसिर १२ गते बेलुकामात्रै हालिसकिएको थियो । तर, उक्त छानो राख्दा ध्यान नदिएको शुक्रबारको बर्षाका क्रममा पानी चुहिनुले नै स्पष्ट पारेको छ ।

राखेप सदस्य सचिव रमेश कुमार सिलवालले भीआईपी स्थलको छानो ठिक भएको दाबी गर्दै आएका छन् । तर, उक्त छानो कम भएको इन्जिनियर उपाध्यायले खबरहबसँग भने ।

‘भीआईपीको छानो सानो भएकाले प्यारापिट भित्र पानी आएको हो । रंगशालाको पर्खालभन्दा पछाडिसम्म छानो पुगेको भए रंगशालाको पछाडि पट्टी पानी खस्थ्यो । तर, त्यो सानो भयो,’ उपाध्यायले भने,‘प्यारापिटको पछाडिबाट पानी झर्नु पर्ने हो तर, त्यहाँ छानो सानो हुँदा प्यारापिटको भित्र आयो । पहिला बाटोमा झथ्र्यो । अहिले बाटोमा नझरी प्यारापिटमा झर्यो ।’

सागको काम सकिइसकेकाले अब ‘नट बोल्ट’ को बरीपरी कपडा राख्ने काम अहिले नै हुने उपाध्यायले बताए । तर, पछाडिको प्यारापिट भित्र पानी आउने रोक्नका लागि भने राखेपले फेरि ‘प्याकेज’ बनाउनु पर्ने उपाध्यायको भनाइ छ ।

‘त्यो सानो भयो । अब अर्को प्याकेजमा काम गर्नु पर्छ,’ उनले भने । आजको बर्षाले भीआईपी प्यारापिटको ‘लिफ्टको माथिबाट समेत पानी आएको छ । तर, लिफ्ट भित्र छिरेको नछिरेको बारे भने कुनै जानकारी मिलेको छैन् ।

लिफ्टमाथिको पानी रोक्न फेरि कपडा राख्नु पर्ने उपाध्यायले बताए । त्यो अर्को प्याकेजमै काम हुने उनले बताएका छन् ।

त्यतिमात्रै होइन्, प्यारापिटमा हालिएका केहि ‘रेलिङ’ समेत हल्लीन थालेका छन् भने सिटहरुको अवस्थापनि त्यस्तै छ । ‘त्यतिबेलै दुई दिन थप काम गर्न पाएको भए त्यो सबै काम सकिन्थ्यो । ४ दिन अगाडिदेखि काम गर्ने मान्छे त्यहाँ नै छिर्न पाएनन्,’ इन्जिनियर उपाध्यायले भने ।

रंगलाशालामा राखिएका सिटहरु पहिलो दिनको खेल सम्माप्त हुँदा भाँचिइसकेका थिए । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले रंगशाला पुनर्निमार्णका क्रममा भ्रष्टाचार भएको हुन सक्ने भन्दै भाँचिएका मेचहरु भएका तस्वीर राख्दै प्रश्नसमेत गरेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता मंसिर १५ गते शुरु भएर २४ गते सकिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ३६ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी