भारतले ३ सय ७२ किलोमिटर सीमा मिच्यो– गृहमन्त्री थापा | Khabarhub Khabarhub

भारतले ३ सय ७२ किलोमिटर सीमा मिच्यो– गृहमन्त्री थापा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— गृहमन्त्री रामबहादुर थापाले भारतले ३ सय ७२ किलोमिटर सीमा मिचेको बताएका छन् ।

भातरले हालै जारी गरेको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको विषयमा छलफल गर्न शुक्रवार संसद्को‌ अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गृहमन्त्री थापालाई बोलाएको थियो।

बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतीय पक्षबाट नेपालको ३ सय ७२ किलोमिटर सीमा मिचिएको बताएका हुन् ।

भारतसँगको खुला सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएपनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो । सीमा सुरक्षाका लागि ३७ हजार सशस्त्र प्रहरी खटिए पनि यो पर्याप्त नभएको थापाले बताए ।

उनले नेपालले सीमा सुरक्षाका लागि सुरक्षा बलको विस्तार गर्ने योजना बनाइरहेको र ७० वटा नयाँ पोस्ट राख्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ३३ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान