रेमिट्यान्स लिन प्रतिस्पर्धा गर्ने तर सहुलियत कर्जा नदिने बैंकहरु सुध्रिनुपर्छ : श्रेष्ठ | Khabarhub Khabarhub

रेमिट्यान्स लिन प्रतिस्पर्धा गर्ने तर सहुलियत कर्जा नदिने बैंकहरु सुध्रिनुपर्छ : श्रेष्ठ


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई बैंकहरुले सहुलियत कर्जा प्रवाह गर्न अटेर गरेको गुनासो गरेका छन् ।

बैंकहरु कामदारले बिदेशबाट पठाएको विप्रेषण लिन प्रतिस्पर्धा गर्ने तर सहुलियत कर्जा दिन बैंकहरु तयार नभएको उनले बताएका छन् ।

अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को अवसरमा आयोजित ´कामदारका लागि रेमिट्यान्स र वित्तीय साक्षरतामा अभिमुखिकरण तालिमको भुमिका` विषयक अन्तरक्रिया कार्यक्रममा उनले बैंकहरुले पनि आफ्नो दायित्व बहन गर्नुपर्नेमा जोड दिए ।

बोर्डले गत वर्ष विदेशबाट नेपाल फर्किएकाहरुलाई सहुलियत कर्जा दिनको लागि १८ हजार युवाको आवेदन संकलन गरेको थियो तर सो आवेदन अनुरुप क वर्गका बैंकहरुले सहुलियत कर्जा प्रवाह नगरेपछि श्रेष्ठले बैंकहरुको ध्यानाकर्षण गरेका हुन् ।

नेपालमा नै केही गर्छु भनेर बैंक जाने युवालाई १० लाख रकम ५ वर्षका लागि देऊ भन्दा नदिने तर रेमिट्यान्स जम्मा गर्न मात्रै प्रतिस्पर्धा गर्ने ? आक्रोश पोख्दै श्रेष्ठले भने “सहुलियत कर्जा प्रदान गर्नका लागि बनाइएको कार्यविधी परिमार्जन गरौँ, तरपनि बैंकहरु कर्जा दिन तयार भएनन् ।के अब राज्य मात्र जिम्मेवार हुनुपर्ने हो ?” समृद्धि त्यसै आउँदैन उनले भने सरकारसंगै निजि क्षेत्र, कामदार पनि जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

बैदेशिक रोजगारमा जाने कामदरको अकालमा हुने मृत्युदर कम गराउने, उनीहरुको मानसिक स्वास्थ्य सुधार र कामदारको आर्थिक बचत गर्न सघाउ पुर्याउने गरि आगामी कार्ययोजना बनाइएको नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघका महासचिव राजाराम गौतमले बताए ।

ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत महेश शर्मा ढकालले कामदारले बिदेशमा कमाएको रकमको सही सदुपयोग गर्न वित्तीय साक्षरता जगाऊन सघाउने कार्यक्रम गर्ने सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ५४ बजे

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री