ए डिभिजन लिग– मछिन्द्र क्लबले सार्वजनिक गर्‍यो १७ खेलाडीको नाम | Khabarhub Khabarhub

ए डिभिजन लिग– मछिन्द्र क्लबले सार्वजनिक गर्‍यो १७ खेलाडीको नाम


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि मछिन्द्र क्लबले १७ जना स्टार खेलाडीसहित टीम सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर मछिन्द्र क्लबले आफ्नो टोलीका १७ खेलाडीको नाम समर्वजनिक गरेको हो ।

जसमा राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, यु-२३ टोलीका कप्तान सुजल श्रेष्ठ, युवा स्टार अभिषेक रिजाल, देवेन्द्र तामाङ, रञ्जित धिमाल, हेमन गुरुङ रहेका छन् ।

यस्तै, विशाल श्रेष्ठ, विशाल राई, बुद्ध चेमजोङ, दीपक राई, रेजिन सुब्बा, सूर्य अधिकारी, योगेश गुरुङ छन् । विदेशी खेलाडी कोटामा नाइजेरियन खेलाडी पिटर सेगुन, एडिलाजा सोमिदे र आन्द्रेस निया छन् ।

मछिन्द्रले सार्वजनिक गरेका कुनै पनि खेलाडी यश अघि क्लबमा थिएनन् ।

राष्ट्रिय टोलीका खेलाडीलाई टोलीमा राख्दै मछिन्द्रले यो सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने जनाएको छ । क्लबका प्रशिक्षक प्रबेश कटुवालले यो लिगमा क्लबले उपाधि जित्ने लक्ष्य बनाएको बताए ।

‘हामीसँग राम्रो खेलाडीको टिम छ। खेलाडीहरुले राम्रो गर्ने बताउँनु भएको छ। हामी लिगमा पहिलो हुने उदेश्यले आएका छौं,´ कटुवालले भने ।

यस्तै, राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनले पनि टीम राम्रो रहेकाे उल्लेख गर्दै सक्दो राम्रो प्रदर्शन गर्ने बताएका छन् । ‘हामीलाई क्लबले विश्वास गरेको छ। एक्सपोजरका लागि धन्यवाद । हामीले सकेको राम्रो गर्ने छौं,´ विराजले भने ।

क्लबले ए डिभिजनभर खेलाडी र अन्यमा गरी पौने २ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने खेलाडीको लागि मात्रै पनि १ करोड हाराहारी खर्च रहेको जानकारी दिएको छ।

शुक्रबारनै क्लबले यसअघिको लिगको प्रायोजक रहेको सान मिगुलसँग प्रायोजन सम्झौता गरेको छ। मछिन्द्रले सान मिगुललाई टाइटल स्पोन्सर बनाएसँगै अब मछिन्द्रको नाम सान मिगुल मछिन्द्र क्लब हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : ३७ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही