सागमा पदक बिजेता खेलाडीलाई नगरपरिक्रमा गराइँदै, यी रुटका सडक प्रभावित हुनसक्ने | Khabarhub Khabarhub

सागमा पदक बिजेता खेलाडीलाई नगरपरिक्रमा गराइँदै, यी रुटका सडक प्रभावित हुनसक्ने


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई आज (शुक्रबार) नगरपरिक्रमा गराईदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमासहित सम्मान गर्न लागेको हो ।

राखेपले सागका पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तय गरेको छ ।

नगरपरिक्रमाको कार्यक्रम बिहान ११ बजे शुरु हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु हुने नगरपरिक्रमा कार्यक्रम न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रम गर्नेछ ।

सुर्यविनायक चोटबाट टोली पुन सल्लाहघारी, नयाँ थिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुङ्गिनेछ ।

सागका पदक बिजेता खेलाडीको नगरपरिक्रमाले सडक जाम हुने देखिएको छ। तर ट्राफिक प्रहरीले भने नगरपरिक्रमका क्रममा गाडी मै राखेर खेलाडीलाई घुमाइने भएकाले त्यसले सवारीमा कुनै असर नपर्ने जनाएको छ । त्यसका लागि सम्पूर्ण व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सरकारले यसअघि सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मानको घोषणा गरेको थियो । सागको स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ४ लाख घोषणा गरिएको थियो ।

यस्तै एक भन्दा बढी स्वर्ण विजेता खेलाडीलाई ११ लाख घोषणा गरिएको थियो । टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने सरकारको घोषणा छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ०० बजे

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित