कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन | Khabarhub Khabarhub

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिए ।

‘नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ’, उनले भने, ‘नेपाल सरकारको नीति नियम र कानूनभित्र बसेर स्वतन्त्र, निश्पक्ष र प्रभावकारी सेवा प्रदान गर्न सक्नुपर्दछ ।’

मन्त्री यादवले भने, ‘अहिलेको सरकारलाई जनताले दुई तिहाईको बलियो बहुमत दिएको छ र इच्छा पनि बलियो नै राखेको छ । त्यो इच्छा पूरा गर्नका लागि पनि तपाईहरुको साथ सहयोग जरुरी छ । त्यसैले तपाईहरु जहाँ जुन कार्यालयमा हुनुहुन्छ राम्रोसँग काम गर्नुस् । सरकार सदैव तपाईहरुको साथमा रहनेछ ।’

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : २९ बजे

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका