छोराको कुटाइबाट बाबुको ज्यान गयो | Khabarhub Khabarhub

छोराको कुटाइबाट बाबुको ज्यान गयो


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा छोराले कुटेर बाबुको ज्यान गएको छ ।

मटिहानी नगरपालिका–८ मा छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशंका गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु

उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएको छ ।
दुवै बाबुछोराबीच झैझगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि उनको मृत्यु भएको थियो ।

शव परीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रहरी नायब उपरीक्षकले बताए । प्रहरीले शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ०२ बजे

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको