कालापानीलगायतको भूभाग फिर्ता लिन उच्चस्तरीय पहल गर्नुपर्छ : कांग्रेस | Khabarhub Khabarhub

कालापानीलगायतको भूभाग फिर्ता लिन उच्चस्तरीय पहल गर्नुपर्छ : कांग्रेस


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको उत्तर–पश्चिम सीमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि रहेको बताउँदै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सा आफूहरुलाई मान्य नहुने दोहोर्‍याए ।

सो विषयका बारेमा कांग्रेसले यसअघि नै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले भने, “कात्तिक २३ गते प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको भएको भन्दै सो क्षेत्र फिर्ता लिन सरकारलाई खुला र प्रष्ट समर्थन रहने धारणा व्यक्त गरिसक्नुभएको छ ।”

सरकारले गरेको पहलबारे पार्टीले सतर्कतापूर्वक नियालिरहेको बताउँदै प्रवक्ता शर्माले सीमा विवाद सम्बन्धमा राष्ट्रिय एकता निर्माण भएको अवस्थामा परिणाममुखी पहल गर्न सरकार सक्षम हुने पार्टीको विश्वास रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ३० बजे

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा